राष्ट्रिय सहकारी बैंक लिमिटेडले आगामी तीन आर्थिक वर्ष (२०८३/०८४ देखि २०८५/०८६) का लागि आवश्यक विभिन्न वस्तु तथा सेवाहरू आपूर्ति गर्ने प्रयोजनका लागि इजाजत प्राप्त इच्छुक फर्म वा कम्पनीहरूबाट सूची दर्ताको आह्वान गरेको छ। इच्छुक कम्पनीहरूले यो सूचना प्रकाशित भएको १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय पुल्चोक वा शाखा कार्यालयहरूमा आफ्नो प्रस्ताव दर्ता गराउनुपर्नेछ।
आवेदकले दर्ता शुल्क वापत फिर्ता नहुने १,००० रुपैयाँ बैंकको नाममा रहेको नेशनल कोअपरेटिभ बैंक लिमिटेडको एनआईसी एशिया बैंक, ठमेल शाखाको खाता नं. ४८४१३८४००६५२४००६ मा जम्मा गरी भौचर पेश गर्नुपर्नेछ। सूची दर्ताका लागि स्टेसनरी, विद्युतीय सामग्री, फर्निचर, विज्ञापन, सुरक्षा गार्ड, धितो मूल्याङ्कनकर्ता, खानेपानी, कुरियर, ट्राभल्स, बिमा र सरसफाई जस्ता ११ विभिन्न विधा तोकिएका छन्।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
