काठमाडौं महानगरपालिकाद्वारा गोरखा मिडिया नेटवर्क प्रा.लि.का नाममा १५ दिने सार्वजनिक सूचना जारी

May 26, 2026

काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रा.लि. र यसका अध्यक्ष जितेन्द्र बाबु राईलाई १५ दिनभित्र बक्यौता बहाल रकम बुझाई आफ्ना सरसामान लैजान अन्तिम सार्वजनिक सूचना जारी गरेको छ। मृगेन्द्र प्रसाद मिश्रले दर्ता गरेको घरजग्गा खाली गराउने मुद्दामा उच्च अदालत पाटनको परमादेश अनुसार काठमाडौं महानगरपालिकाले यो कारबाही अघि बढाएको हो।

सूचनामा उल्लेख भए अनुसार तोकिएको १५ दिनको म्यादभित्र ग्यालेक्सी ४के टेलिभिजनसँग सम्बन्धित सरसामान नलगेमा काठमाडौं महानगरपालिका विवाद निरुपण (कार्यविधि) ऐन, २०७५ बमोजिम ती सामानहरू लिलाम गरिनेछ।

थप सुचनामा:

 

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स