काठमाडौं महानगरपालिकाद्वारा घर/कोठा खाली गर्न सहकारी संस्थाहरूलाई निर्देशन

Jun 4, 2026

काठमाडौं महानगरपालिकाले न्यायिक समितिको निर्णय अनुसार ६ वटा सहकारी संस्थाहरूलाई आफूले बहालमा लिएका घर, कोठा वा फ्ल्याटहरू खाली गर्न निर्देशन दिएको छ। सूचना प्रकाशित भएको १५ दिनभित्र सम्बन्धित सहकारीका पदाधिकारी, कर्मचारी वा सदस्यहरूलाई महानगरको कानून तथा मानव अधिकार विभागमा सम्पर्क गर्न आह्वान गरिएको छ।

तोकिएको समयभित्र सम्पर्कमा नआएमा न्यायिक समितिको निर्णय बमोजिम घर वा कोठा खाली गरिनेछ र त्यहाँ रहेका सामानहरू सम्बन्धित घरधनीको जिम्मा लगाइनेछ। यस प्रक्रियामा सत्कार, अमृताम्बा, हिराखुशी, मार्गदर्शन, नवल सवल र पञ्चरूपा सहकारी संस्थाहरू रहेका छन्।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स