हिमालयन लाइफ इन्स्योरेन्सद्वारा भ्रामक समाचारको खण्डन र संस्थागत सवलताको प्रतिबद्धता

Jun 23, 2026

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले पछिल्लो समय सञ्चारमाध्यममा आएका धितोपत्र सम्बन्धी अनुसन्धान र न्यायिक प्रक्रियाका समाचारहरूमा कम्पनीको नाम जोडिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कम्पनीले यस्ता समाचार वा कुनै व्यक्ति विशेषसँग जोडिएका कानुनी प्रक्रियाले संस्थाको अस्तित्व, नियमित व्यवसाय, वित्तीय स्थायित्व र सेवा प्रवाहमा कुनै प्रतिकूल प्रभाव नपर्ने स्पष्ट पारेको छ।

कम्पनीले बीमितको हित संरक्षण, सुशासन र पारदर्शितालाई उच्च प्राथमिकता दिएको बताउँदै नियमित बीमा शुल्क संकलन, दाबी भुक्तानी र ग्राहक सेवा पूर्ववत् रूपमा सञ्चालन भइरहेको जानकारी दिएको छ। आधिकारिक स्रोतबाट प्राप्त तथ्यलाई मात्र विश्वास गर्न र भ्रममा नपर्न कम्पनीले सम्पूर्ण बीमित, अभिकर्ता तथा लगानीकर्ताहरूलाई अनुरोध गरेको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स