गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले अपाङ्गता भएका व्यक्ति वा उनीहरूका अभिभावकद्वारा सञ्चालित उद्योग र व्यवसाय प्रवर्द्धनका लागि प्रविधि तथा उपकरण सहयोग अनुदान उपलब्ध गराउने सूचना जारी गरेको छ। इच्छुक योग्य व्यक्ति वा समूहले आवश्यक कागजातहरू र व्यवसायिक योजना सहित २०८३ जेठ २७ गतेभित्र मन्त्रालयको सामाजिक विकास महाशाखामा आवेदन पेश गर्नुपर्नेछ।
अनुदान प्राप्त गर्न नागरिकता, अपाङ्गता परिचयपत्र, व्यवसाय दर्ता, कर चुक्ताको प्रमाणपत्र, स्थानीय तहको सिफारिस र मन्त्रालयको अनुदानमा कम्तिमा १० प्रतिशत साझेदारी गर्ने प्रतिबद्धता जस्ता कागजात अनिवार्य गरिएको छ। यो कार्यक्रम आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक योजना अन्तर्गत सञ्चालन गरिएको हो।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
