नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक संस्था ईसेवा लिमिटेडले आर्थिक वर्ष २०८३/८४ का लागि विभिन्न वस्तु तथा सेवाहरू आपूर्ति गर्न इच्छुक दर्ता भएका फर्म वा कम्पनीहरूबाट भेन्डर सूचीकरणका लागि आवेदन आह्वान गरेको छ। यस अन्तर्गत स्टेसनरी, सूचना प्रविधि, मर्मत सम्भार, विज्ञापन, मानव संशाधन र सुरक्षा लगायतका नौवटा विभिन्न श्रेणीहरू समावेश गरिएको छ।
इच्छुक कम्पनीहरूले रितपूर्वकको फारमसँगै दर्ता प्रमाणपत्र, प्यान वा भ्याट दर्ता, कर चुक्ता प्रमाणपत्र र कम्पनी प्रोफाइल जस्ता आवश्यक कागजातहरू संलग्न गरी २०८३ असार १६ गतेभित्र प्रशासन विभागको इमेलमा आवेदन बुझाउनुपर्नेछ। प्राप्त आवेदनहरू आंशिक वा पूर्ण रूपमा स्वीकृत वा अस्वीकृत गर्ने अधिकार कम्पनीमा सुरक्षित रहनेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide

