काठमाडौंमा २७.५ किमि रेल परियोजनाको डीपीआरका लागि अन्तर्राष्ट्रिय ईओआई आह्वान

नेपाल सरकारको रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाले काठमाडौं उपत्यकाभित्र २७.५ किलोमिटर लामो रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न अन्तर्राष्ट्रिय परामर्शदाताहरूबाट ईओआई आह्वान गरेको छ। यो परियोजना नारायण गोपाल चोकबाट सुरु भई चाबहिल, कोटेश्वर, सातदोबाटो, रत्नपार्क हुँदै पुनः नारायण गोपाल चोकसम्म रहनेछ।

इच्छुक योग्य परामर्शदाताहरूले आगामी २०८३ असार १ गते (१५ जुन २०२६) दिउँसो १२:०० बजेभित्र ई-जीपी प्रणालीमार्फत अनलाइन आवेदन दिनुपर्नेछ। छनोट प्रक्रियामा योग्यतालाई ५० प्रतिशत, अनुभवलाई ४० प्रतिशत र क्षमतालाई १० प्रतिशत भार दिइनेछ भने सफल हुन न्यूनतम ७० अंक प्राप्त गर्नुपर्नेछ।

थप सुचनामा:

 

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स