नयाँ दिल्लीस्थित नेपाली दूतावासले नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भारतीय सामाजिक सञ्जाल प्रभावशाली व्यक्तित्वहरू, भ्लगरहरू र पोडकास्टरहरूका लागि ‘फेमिलिएराइजेसन ट्रिप’ मा सहभागी हुन आवेदन आह्वान गरेको छ। यस कार्यक्रम अन्तर्गत दूतावासले पाँच जना प्रभावशाली व्यक्तिहरूलाई छनोट गरी नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र आध्यात्मिक स्थलहरूको प्रचारप्रसारका लागि भ्रमण गराउने योजना बनाएको छ।
इच्छुक आवेदकहरू भारतीय नागरिक वा भारतमा आधारित डिजिटल सामग्री निर्माता हुनुपर्नेछ जसको युट्युब, इन्स्टाग्राम वा फेसबुक जस्ता माध्यमहरूमा सक्रिय उपस्थिति छ। छनोट भएका सहभागीहरूले नेपाल भ्रमणका अनुभवहरू समेटेर भ्लग, रिल र पोडकास्ट जस्ता उच्च गुणस्तरका सामग्रीहरू निर्माण गरी सार्वजनिक गर्नुपर्नेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide

