पर्यटन विभागले देशभर सञ्चालनमा रहेका साना तथा ठूला होटल, रिसोर्ट र रेस्टुरेन्टहरूका लागि विवरण भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना जारी गरेको छ। यो सूचना २०८३ असार २ गते प्रकाशन गरिएको हो। व्यवसायीहरूले पर्यटकलाई उपलब्ध गराउने शाकाहारी, मांसाहारी वा हलाल खानाका बारेमा जानकारी दिनुपर्नेछ।
आफ्नो व्यवसायको निःशुल्क प्रवर्द्धन गर्नका लागि व्यवसायीहरूले उपलब्ध गराइएको QR कोड स्क्यान गरी ७ दिनभित्र सबै विवरणहरू भरिसक्नुपर्ने विभागले जनाएको छ। यो पहल पर्यटन क्षेत्रको सेवा स्तर सुधार गर्न र सूचना व्यवस्थित गर्नका लागि चालिएको हो।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide

