गैरकानूनी सम्पत्ति आर्जन विरुद्ध उजुरी आह्वान गर्दै सम्पत्ति छानबिन आयोग

May 14, 2026

सम्पत्ति छानबिन आयोग, २०८३ ले सार्वजनिक जिम्मेवारीमा रहेका राजनीतिक पदाधिकारी तथा कर्मचारीहरूले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति विरुद्ध उजुरी दिन सार्वजनिक आह्वान गरेको छ। आजको गोरखापत्रमा सूचना प्रकाशित गर्दै आयोगले अस्वाभाविक रूपमा आर्जन गरी स्वदेश वा विदेशमा परिवार वा अन्य व्यक्तिका नाममा राखिएको सम्पत्तिको विवरण माग गरेको हो।

उजुरीकर्ताले प्रमाणसहित आयोगको कार्यालयमा स्वयं उपस्थित भई, हुलाक वा इमेलमार्फत उजुरी दिन सक्नेछन्। उजुरीकर्ताको परिचय पूर्ण रूपमा गोप्य राखिने व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि केशरमहलस्थित कार्यालय वा आयोगको वेबसाइटमा सम्पर्क गर्न सकिनेछ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स