आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८३/८४ का लागि आवश्यक पर्ने विभिन्न वस्तु तथा सेवाहरू आपूर्ति गर्न इच्छुक दर्ता भएका फर्म तथा कम्पनीहरूलाई सूची दर्ताका लागि आवेदन आह्वान गरेको छ। यस प्रक्रियामा सहभागी हुन चाहने व्यवसायीहरूले सूचना प्रकाशित भएको मिति २०८३ असार १६ गतेले १५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय, बनेपामा उपस्थित भई वा ईमेलमार्फत आवेदन दिन सक्नेछन्। आवेदनका साथमा दरभाउ सूची, फर्म दर्ता नवीकरण प्रमाणपत्र, भ्याट वा प्यान दर्ता र पछिल्लो कर चुक्ता प्रमाणपत्र संलग्न हुनुपर्नेछ।
संस्थाले स्टेशनरी, छपाई, विज्ञापन, साइनबोर्ड, विद्युतीय सामग्री, फर्निचर, कम्प्युटर तथा सञ्चार उपकरण, सेफ, खानेपानी र अन्य कार्यालय उपयोगी सामग्रीहरूको आपूर्तिकर्ता सूचीकृत गर्न लागेको हो। इच्छुक आवेदकले संस्थाको आधिकारिक वेबसाइटबाट आवेदन फारम डाउनलोड गर्न सक्नेछन्।
थप सुचनामा:

