प्रतिनिधि सभा सदस्य तथा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले संघीय बजेट असमान रूपमा बाँडिएको भन्दै व्यंग्य गर्दै तीव्र आलोचना गरेका छन्। उनले पहुँचवाला नेताहरूका पाँच जिल्लामा मात्र बजेट केन्द्रित गरिएको भन्दै बाँकी ७२ जिल्लालाई अमेरिका, चीन वा भारतलाई लिजमा दिनुपर्ने सुझावसहित व्यंग्यात्मक टिप्पणी गरेका हुन्।
आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकमाथि आइतबार प्रतिनिधिसभामा बोल्दै सांसद सिंहले, “जब बजेट नै जाँदैन भने ती जिल्ला नेपालमा किन राख्ने ?” भन्दै आक्रोश व्यक्त गरे। उनले उदाहरण दिँदै भने, “काठमाडौंमा मात्रै ३ करोडको दरले १३१ वटा योजना छन्, त्यस अनुपातमा सर्लाहीमा त कम्तीमा १५/२० वटा त हुनुपर्ने हो।” त्यस्तै, सुदूरपश्चिमको गेटा मेडिकल कलेज अझै सम्पन्न भइनसकेको अवस्थामा डडेलधुरामा फेरि अर्को मेडिकल कलेज किन भनेर प्रश्न उठाए। उनले मधेश प्रदेशका लागि योजनाहरू किन छुट्याइएन भन्ने प्रश्नसमेत गरे।

















![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-150x150.jpg)



प्रतिकृया