गगन थापादेखि ओलीसम्मको नाम बेचेर पैसा उठाउने अमेरिकी नागरिक पक्राउ, १२ वर्षमा ५० पटक नेपाल आउजाउ

गगन थापादेखि ओलीसम्मको नाम बेचेर पैसा उठाउने अमेरिकी नागरिक पक्राउ, १२ वर्षमा ५० पटक नेपाल आउजाउ

नेपाली कांग्रेसका सभापति गगन थापादेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसम्मको नाम प्रयोग गरी रकम उठाउने प्रयत्न गरेको एक अमेरिकी नागरिक पक्राउ परेका छन्।

अध्यागमन विभागले ती अमेरिकी नागरिकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक विवरणअनुसार, उनले अन्तर्राष्ट्रिय स्तरमा ‘फण्ड’ उठाउने उद्देश्यले कलेजका वेबसाइटहरूमा राष्ट्रिय स्तरका राजनीतिक नेताहरूको नाम र तस्बिर राखेका थिए र ‘आवर डाइनामिक टिम’ भनेर उल्लेख गरेका थिए।

अध्यागमन विभागका अनुसार, वेबसाइटमा केपी शर्मा ओली, अर्जुन राणा देउवा, गगन थापा, महेश बस्नेत, विनोद चौधरीसहित १३ जना नेताहरूको नाम समावेश गरिएको भेटिएको छ। यसबाहेक, लाइब्रेरी, क्याम्पस सर्भिस, प्रशासनिक टिम जस्ता अन्य प्रतिष्ठित नेपालीहरूको नाम समेत राखिएको पाइयो। यो प्रचार ‘निकलेज इडीयू एनपी’ नामको वेबसाइटमा गरिएको थियो।

वेबसाइटले कोरियन, एआई सफ्टवेयर इन्जिनियरिङ, बिजनेस स्टडिज जस्ता अध्ययनको जानकारी राखेको भए पनि, त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भएको दाबी गरिएको भए पनि आधिकारिक प्रमाणपत्र प्रस्तुत गर्न सकेको छैन, विभागका प्रवक्ता टिकाराम ढकालले बताए।

प्रवक्ता ढकालका अनुसार, पक्राउ परेका अमेरिकी नागरिक २०१४ देखि नेपाल आउन थालेका हुन् र १२ वर्षको अवधिमा ५० भन्दा बढी पटक नेपाल आएका छन्। उनी पर्यटक, कार्य तथा व्यवसायिक भिसामा नेपाल आएका थिए।

व्यवसायिक भिसा लिनका लागि उनले नेपालमा कमसिड नेपाल प्रालि नामक कम्पनी दर्ता गरेका थिए। त्यसैगरी, उनी नेपालमा चर्च प्लान्टिङ लगायतका विभिन्न गतिविधिमा संलग्न भएको प्रमाणहरू पनि अध्यागमन विभागले पाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स