कृषि विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १०.१७ प्रतिशतले घटेर १ अर्ब ८४ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ।
अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ५ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी १४.९६ प्रतिशतले घटेर ६ अर्ब १२ करोड रुपैयाँमा आएको छ भने सञ्चालन आम्दानी ७.२३ प्रतिशतले घटेर ७ अर्ब ७१ करोड रुपैयाँमा सीमित भएको छ। इम्पेयरमेन्ट चार्ज १ अर्ब ५२ करोड रुपैयाँबाट घटेर ९२ करोड रुपैयाँमा आएको छ।
खराब कर्जा अनुपात १.६८ प्रतिशतबिन्दुले बढेर ४.९८ प्रतिशत पुगेको छ।समीक्षा अवधिमा बैंकले २ खर्ब ५४ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
बैंकको चुक्ता पूँजी १९ अर्ब २८ करोड ७९ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा १ अर्ब ९१ करोड १० लाख रुपैयाँ र जगेडा कोषमा १५ अर्ब ४९ करोड रुपैयाँ सञ्चित छ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २.५३ रुपैयाँले घटेर १५.०४ रुपैयाँमा आएको छ। यस्तै प्रतिसेयर नेटवर्थ २१७.७३ रुपैयाँ रहेको छ।









![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)





प्रतिकृया