२९ दिनको आन्दोलनपछि सहमति, शिक्षकहरू भर्ना र परीक्षामा फर्किने

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १७ गते
२९ दिनको आन्दोलनपछि सहमति, शिक्षकहरू भर्ना र परीक्षामा फर्किने

२९ दिन लामो आन्दोलनपछि नेपाल शिक्षक महासंघले शैक्षिक हड्ताल स्थगित गर्ने निर्णय गरेको छ। बुधबार साँझ सरकारसँग ९ बुँदे सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि स्थगित गरिएको हो।

महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सहमति पश्चात् नियमित कक्षा सञ्चालन गर्न र विद्यार्थी भर्ना तथा परीक्षाका गतिविधिमा सक्रिय हुन सम्पूर्ण शिक्षक र विद्यालय कर्मचारीलाई आग्रह गरेका छन्।

शिक्षक महासंघले सहमति अनुसार समयमै नयाँ विद्यालय शिक्षा ऐन जारी नभए अझ कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

तीन दिनको वार्तापछि ९ बुँदे सहमति
शिक्षामन्त्रीसहित सरोकारवाला मन्त्रीहरूको उपस्थितिमा भएको तीन दिन लामो वार्तापछि बुधबार सरकारले शिक्षक महासंघसँग ९ बुँदे लिखित सहमति गरेको हो। सहमति मन्त्रिपरिषद्बाट पनि पारित भइसकेको सञ्चारमन्त्री गुरुङले जानकारी दिए।

सहमति अनुसार, प्रतिनिधिसभाबाट २०८२ असारभित्र नयाँ विद्यालय शिक्षा ऐन पारित गरिने प्रतिवद्धता सरकारले व्यक्त गरेको छ।

सरकार र शिक्षक महासंघबीच भएका ९ बुँदे सहमति:

स्वास्थ्य उपचार — शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने ।

बिरामी बिदा तथा सेवा अन्त्य सुविधा — अस्थायी प्रकृतिका शिक्षक राहत अस्थायी, करार, साबिक उमावि सिकाई अनुदान प्राविधिक धार विशेष शिक्षा र बाल विकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र शो बापतको रकम सेवाबाट अलग हुँदा एकमुष्ट प्रदान गर्ने ।

पारिश्रमिक व्यवस्था — प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकार बाटो तोके बमोजिम व्यवस्था गर्ने ।

ग्रेड समानता — स्थायी शिक्षकमध्ये विभिन्न तहका शिक्षकलाई निजामती सरह ग्रेड र रकम व्यवस्था गरिने।

दुर्गम भत्ता —आगामी आर्थिक वर्ष २०८२/८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकहरूको लागि निजामती सरह ग्रेड सङ्ख्या र रकम कायम गर्ने ।

सामाजिक सुरक्षा — सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने ।

मर्यादाक्रम — नेपाल सरकारको मर्यादाक्रम सूचीमा शिक्षकहरूलाई समावेश गर्ने ।

घाइतेको उपचार — नेपाल शिक्षक महासङ्घको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक सुरक्षाकर्मी, पत्रकार, कर्मचारीको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने ।

तलब ग्रेड मिलान —निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षाको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुनेगरी कायम गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स