सरकार र सत्तारुढ दलहरू बीच भूमिसम्बन्धी अध्यादेश रोक्ने सहमति

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २० गते
सरकार र सत्तारुढ दलहरू बीच भूमिसम्बन्धी अध्यादेश रोक्ने सहमति
AdvertisementAds

सत्तारुढ दलहरू भूमिसम्बन्धी अध्यादेश बाहेकका पाँच अध्यादेश पारित गर्ने सहमतिमा पुगेका छन्। फागुन २१ गते प्रतिनिधि सभामा र २२ गते राष्ट्रिय सभामा ती अध्यादेश पेस गरिनेछ।

यसअघि जसपा नेपालले भूमिसम्बन्धी अध्यादेश फिर्ता गर्नुपर्ने अडान राखेकाले सबै अध्यादेश एकसाथ पास गर्ने सरकारको प्रयास सफल हुन सकेको थिएन।

पास गरिन लागेका अध्यादेशहरूमा आर्थिक तथा व्यावसायिक वातावरण सुधार, निजीकरण संशोधन, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह, र सहकारी संशोधन समेटिएका छन्।

सरकारले उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको समर्थन लिएर भूमिसम्बन्धी अध्यादेश रोक्ने र बाँकी अघि बढाउने निर्णय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स