धितोपत्र बोर्डका अध्यक्षमाथि कमिसन मागेको आरोप लागेपछि बोर्डले भन्यो– “सबै तथ्यहीन समाचार हुन्”

धितोपत्र बोर्डका अध्यक्षमाथि कमिसन मागेको आरोप लागेपछि बोर्डले भन्यो– “सबै तथ्यहीन समाचार हुन्”

नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि जलविद्युत् कम्पनीको आईपीओ स्वीकृति प्रक्रियामा ७ प्रतिशतसम्म कमिसन मागेको आरोप बाहिरिएपछि बोर्डले उक्त दाबीलाई पूर्ण रूपमा खारेज गरेको छ।

बोर्डले सार्वजनिक विज्ञप्तिमार्फत अध्यक्ष श्रेष्ठले आईपीओ अनुमतिका लागि कमिसन मागेको भन्ने समाचारलाई तथ्यहीन, आधारविहीन, कपोकल्पित र भ्रामक भन्दै कडा खण्डन गरेको हो। सेबोनले यस प्रकारका आरोप नियामकको छवि बदनाम गर्न नियोजित रूपमा प्रायोजित सामग्रीमार्फत गरिएको दाबी गरेको छ।

पुँजीबजारको क्षेत्रमा भइरहेको सुधारबाट अत्तालिएका केही समूहले नियामक संस्थामाथि दुर्भावनापूर्ण रूपमा हमला गर्न खोजेको आरोप बोर्डले लगाएको छ। साथै, यदि कसैले अध्यक्ष श्रेष्ठको नाम प्रयोग गरी गैरकानुनी लाभ लिएको भए, त्यसको प्रमाणसहित जानकारी दिन सेबोनले आम सर्वसाधारणलाई आग्रह गरेको छ।

1UPZxn2MI3q4tW88eT4sSbWDsrrcyLtfcyjWrhQy scaled https://bajarkochirfar.com/after-the-chairman-of-the-securities-and-exchange-board-of-nepal-was-accused-of-demanding-commission-the-board-said-all-the-news-is-baseless | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स