भारतको चर्चित नाश्ता ब्रान्ड बिकाजी फुड्स इन्टरनेशनल लिमिटेड र नेपालको बहुआयामिक व्यवसायिक समूह चौधरी ग्रुप बीच साझेदारी हुँदै नेपालमा संयुक्त उद्यम स्थापना गरिने भएको छ। दुवै कम्पनीले ५०-५० प्रतिशत स्वामित्व रहने गरी संयुक्त रूपमा अत्याधुनिक उत्पादन केन्द्र स्थापना गर्ने सम्झौता गरेका छन्। यस संयुक्त लगानीमार्फत नेपालमै भुजिया, नमकीन, पापड र मिठाई उत्पादन गरिनेछ।
बिकाजी फुड्सका प्रबन्ध निर्देशक दीपक अग्रवालले नेपाललाई रणनीतिक बजारका रूपमा लिएको उल्लेख गर्दै चौधरी समूहसँगको सहकार्यले नेपाली उपभोक्तालाई गुणस्तरीय तथा किफायती नाश्ता सहज रूपमा उपलब्ध गराउने विश्वास व्यक्त गरे।
चौधरी ग्रुपका निर्देशक वरुण चौधरीले भने, “साझेदारीले नेपालमा खाद्य नवप्रवर्तन, आपूर्ति शृंखला मजबुती, रोजगारी सिर्जना र खाद्य निर्यात विस्तारमा योगदान पुर्याउनेछ।” नेपालमा तीव्ररूपमा विस्तार भइरहेको एफएमसीजी क्षेत्रलाई लक्षित गर्दै उक्त साझेदारीले हजारौं रोजगारी सिर्जना गर्ने, स्थानीय उद्यमशीलता प्रवर्द्धन गर्ने र नेपाललाई क्षेत्रीय खाद्य निर्यातको केन्द्र बनाउने लक्ष्य राखेको छ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया