ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ। काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले प्रधानमाथि सेयरको भित्री कारोबारमार्फत २६ करोड ३९ लाखभन्दा बढीको अवैध लाभ लिएको आरोपमा शुक्रबार मुद्दा दर्ता गरेको हो।
नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको अध्यक्ष रहँदा प्रधानले भित्री सूचना प्रयोग गरी श्रीमती, छोरा, र छोरीका नाममा सेयर नामसारी गरी जालसाजीयुक्त कारोबार गरेको ठहर गरिएको छ।
नेपाल धितोपत्र बोर्डको अनुसन्धानले प्रधानले ४ लाख १३ हजारभन्दा बढी कित्ता सेयर बिक्री गरी अवैध लाभ आर्जन गरेको पुष्टि गरेको छ। दोषी ठहरिए प्रधानलाई बिगोको दोब्बर जरिवाना र दुईदेखि १० वर्षसम्म कैद सजाय हुनसक्ने बताइएको छ।









![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)




![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-768x432.jpg)


![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया