नेप्सेमा तीन कम्पनीको ९४ लाख ४४ हजार सेयर थपियो, कुनको कति ?



Advertisement
Ads

बिहीवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा तीन कम्पनीको कुल ९४ लाख ४४ हजार ३१.४३३ कित्ता बोनस सेयर सूचीकृत भएको छ । तीन कम्पनी: कृषि विकास बैंक, शिवम सिमेन्ट, र फर्स्ट माइक्रोफाइनान्सको बोनस सेयर सूचीकृत भएको हो ।

कृषि विकास बैंकको ४० लाख ३५ हजार ५०२.२२३४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । कृषि विकास बैंकले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३ प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो । सो सभाले कर सहित ७ दशमलव ५३ प्रतिशत नगद लाभांश पारित गरेको थियो । उक्त सेयर सेयरधनीहरुको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।


Advertisement

Screenshot 20 2 2025 161740 nepalstock.com https://bajarkochirfar.com/9-444-million-bonus-shares-of-three-companies-were-added-to-the-nepse-how-much-of-each | %tags

शिवम सिमेन्टको ४२ लाख ९८ हजार ८५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । शिवम् सिमेन्टले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८.५५ प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो । सो सभाले कर प्रयोजनको लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त सेयर सेयरधनीहरुको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।

Screenshot 20 2 2025 161816 nepalstock.com https://bajarkochirfar.com/9-444-million-bonus-shares-of-three-companies-were-added-to-the-nepse-how-much-of-each | %tags

 

 

फर्स्ट माइक्रोफाइनान्सको ११ लाख १० हजार ४४४ दशमलव २१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । फर्स्ट माइक्रोफाइनान्सले पुस ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो । सो सभाले ०.४७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त सेयर सेयरधनीहरुको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।

Screenshot 20 2 2025 161757 nepalstock.com https://bajarkochirfar.com/9-444-million-bonus-shares-of-three-companies-were-added-to-the-nepse-how-much-of-each | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर