८ वटा विकास बैंकले गरे लाभांश दिने घोषणा, अझै कुनको सेयर किन्दा पाइन्छ लाभांश ?

८ वटा विकास बैंकले गरे लाभांश दिने घोषणा, अझै कुनको सेयर किन्दा पाइन्छ लाभांश ?

हालसम्म ८ वटा विकास बैंकहरूले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेका छन्। लाभांश दिने घोषणा गर्ने विकास बैंकहरूमा ग्रिन डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक, शाइन रेसुङगा डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र लुम्बिनी विकास बैंक रहेका छन्।

ग्रिन डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई ५.७५ प्रतिशत बोनस सेयरर ०.३०२७ प्रतिशत नगद लाभांश गरी कुल ६.०५२७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। कामना सेवा विकास बैंकले ७ प्रतिशत बोनस सेयरर ५ प्रतिशत नगद लाभांश गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ। शाइन रेसुङगा डेभलपमेन्ट बैंकले ३ प्रतिशत बोनस सेयरर ५ प्रतिशत नगद लाभांश गरी कुल ८ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। मितेरी डेभलपमेन्ट बैंकले ९.५०७९ प्रतिशत बोनस सेयरर ०.५००४ प्रतिशत नगद लाभांश गरी कुल १०.००८३ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ।

यस्तै महालक्ष्मी विकास बैंकले ३ प्रतिशत बोनस सेयरर ४ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। सांग्रिला डेभलपमेन्ट बैंकले ३.६५ प्रतिशत बोनस सेयरर ०.१९ प्रतिशत नगद लाभांश गरी कुल ३.८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। गरिमा विकास बैंकले ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ, तर यसले बोनस सेयरनदिने निर्णय गरेको छ। लुम्बिनी विकास बैंकले ३ प्रतिशत बोनस सेयरर ४ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

हालसम्म अधिकांश बैंकहरूले बुक क्लोज गरिसकेका छन्, तर ग्रिन डेभलपमेन्ट बैंकले चैत १५ गते बुक क्लोज मिति तोकेको छ। यसकारण, चैत १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले लाभांश प्राप्त गर्न सक्नेछन्।

485442351 631941053097651 2272349248922774504 n https://bajarkochirfar.com/8-development-banks-have-announced-dividends-whose-shares-will-still-be-eligible-for-dividends | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स