२१ कम्पनीहरू कर छलनमा, मध्यस्तरीय करदाता कार्यालयको १५ दिने ‘अल्टिमेटम’

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १८ गते
२१ कम्पनीहरू कर छलनमा, मध्यस्तरीय करदाता कार्यालयको १५ दिने ‘अल्टिमेटम’

२१ वटा कम्पनीले समयमै कर नतिरेपछि मध्यस्तरीय करदाता कार्यालयले ती कम्पनीहरूलाई १५ दिने ‘अल्टिमेटम’ दिएको छ।

आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क तिर्न बाँकी रहेका यी कम्पनीहरूलाई तोकिएको समयभित्र बक्यौता रकम दाखिला गर्न वा तिरेको प्रमाण पेश गर्न भनिएको छ। यदि सो अवधिमा कर नतिरेमा आयकर ऐन, २०५८ को दफा १०४ देखि १११, मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१(१) तथा नियमावली, २०५३ को नियम ५२ र ५३ अनुसार कानुनी कारबाही गरिने चेतावनी कर कार्यालयले दिएको छ।

कर नतिर्ने कम्पनीमध्ये श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी र शिखरदीप बहुउद्देश्यीय सहकारी संस्था समस्याग्रस्त घोषित भइसकेका छन्। साथै माउन्ट एभरेस्ट ब्रुअरी, सान्भी इन्टरनेशनल, विशाल सिमेन्ट, पोखराको सेलवेज डिपार्टमेन्टल स्टोर, गोरखा डिपार्टमेन्टल स्टोर, डिभाइव ट्रिम नेटवर्क, मस्टा ग्रुप, दानीखोले इन्टरप्राइजेज, एड्भान्स केमिकल इन्डष्ट्रिज, भुसाल केवल एण्ड वायर इन्डष्ट्रिज, लोकेन्द्र इन्टरप्राइजेज, स्वीकृति सप्लायर्स, टच ल्याम्प पावर इञ्जिनियरिङ, श्यामबाबा राइस एण्ड फ्लोर मिल, चजियाङ्ग हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इञ्जिनियरिङ, बज्रयोगिनी हार्डवेयर, गुआंग्डोंग युवानियन रमन ज्वाइन्ट भेञ्चर, एसएनजी एग्रो र बज्रगुरु कन्स्ट्रक्सन पनि बक्यौता कर तिर्न नसकेका कम्पनीहरूको सूचीमा परेका छन्। कर कार्यालयले ती कम्पनीहरूलाई बक्यौता रकम भुक्तानी गराउने उद्देश्यले विभिन्न मितिमा टेलिफोन सम्पर्क, ताकेता, संकलन भ्रमण, छलफल तथा पत्राचार गरे पनि हालसम्म उल्लेख्य प्रगति नभएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स