SHAREHUBSHAREHUB

प्रधानमन्त्रीद्वारा राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेश

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र २५ गते
AdvertisementAds
प्रधानमन्त्रीद्वारा राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेश
AdvertisementAds

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमको क्रममा नेपालको संविधानको धारा २६६ को उपधारा ३ अनुसार राष्ट्रिय सुरक्षा परिषद्का पछिल्ला दुुई आर्थिक वर्ष २०७९/८० र २०८०/८१ का वार्षिक प्रतिवेदन पेश गरेका छन् |

जसमा प्रधानमन्त्री ओलीले प्रतिवेदनमा उल्लेखित मुख्य विषयहरूबारे जानकारी दिँदै राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षास्थिति तथा चुनौतीहरूको विश्लेषण प्रतिवेदनमा समाबेस गरेको बताएका छन् ।

उनले प्रतिवेदनमाथि सङ्घीय सांसदबाट प्राप्त   हुने सुझावहरूलाई कार्यान्वयन गर्ने सरकारको प्रतिबद्धता रहेको पनि बताएका छन् ।

कार्यक्रममा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको छ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स