SHAREHUBSHAREHUB

यूनाइटेड अजोडको साढे २ लाख कित्ता सेयर सर्वसाधारणका लागी बिक्रीमा, मूल्य कति रुपैयाँ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १४ गते
AdvertisementAds
यूनाइटेड अजोडको साढे २ लाख कित्ता सेयर सर्वसाधारणका लागी बिक्रीमा, मूल्य कति रुपैयाँ?
AdvertisementAds

यूनाइटेड अजोड इन्स्योरेन्सले २ लाख ५६ हजार ३१० कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ। यसमध्ये, १ लाख ४९ हजार ११६ कित्ता सेयर प्रति सेयर १८० रुपैयाँमा, ८२ हजार ५९२ कित्ता सेयर प्रति सेयर १६३.९० रुपैयाँमा, र २४ हजार ६०२ कित्ता सेयर प्रति सेयर १६३.५० रुपैयाँमा बिक्रीको लागि राखिएको छ।

सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले आगामी १५ दिनभित्र आफूले किन्न चाहेको सेयरको विवरण प्रस्तुत गर्दै सुन्धाराको सिटिसि मलस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ।

कम्पनीले संस्थापक सेयरधनीलाई प्राथमिकता दिएर यसअघि नै खरिद प्रस्ताव गरिसकेको जानकारी दिएको छ।

 

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स