९४ वर्षीय सेयर लगानीकर्ता वारेन बफेटले आफ्नो मृत्युपछि पनि सम्पत्ति दान गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ११ गते
९४ वर्षीय सेयर लगानीकर्ता वारेन बफेटले आफ्नो मृत्युपछि पनि सम्पत्ति दान गर्ने
AdvertisementAds

अमेरिकी अर्बपति र बर्कशायर हाथवेका सीईओ वारेन बफेटले आफ्नो मृत्युपछि सम्पत्ति व्यवस्थापनबारे योजना सार्वजनिक गरेका छन्। ९४ वर्षीय बफेटले सेयरसदस्यहरुलाई सम्बोधन गर्दै आफ्नो सम्पत्ति सन्तानमा सीमित नराखी दानमा लगाउने योजना खुलाएका छन्।

उनले आफ्नो क वर्गका १,६०० कित्ता सेयर ख वर्गको २४ लाख सेयरमा रुपान्तरण गरेर १५ लाख कित्ता सेयर सुसन थम्प्सन बफेट फाउन्डेसनलाई र ३ लाख कित्ता आफ्ना सन्तानद्वारा सञ्चालित अन्य तीन फाउन्डेसनलाई दिने घोषणा गरेका छन्।

बफेटको योजना अनुसार बाँकी सम्पत्ति बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनसहित अन्य चार पारिवारिक फाउन्डेसनलाई दान गरिनेछ। सन् २००६ देखि उनले आफ्नो सम्पत्ति दान गर्न थालेका हुन्। ब्लुमबर्गका अनुसार बफेटसँग हाल १.५ खर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ।

(एजेन्सीहरुको सहयोगमा)

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स