६० किलो सुन प्रकरणः दोस्रो चरणमा २० जना पक्राउ, २६ जना अझै फरार

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार १७ गते
AdvertisementAds
६० किलो सुन प्रकरणः दोस्रो चरणमा २० जना पक्राउ, २६ जना अझै फरार
AdvertisementAds

६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दोस्रो चरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ। सिआइबीले आइतबार काठमाडौं जिल्ला सरकारी वकिलको कार्यलयमा बुझाएको दोस्रो चरणको अनुसन्धान प्रतिवेदनबाट २० जना पक्राउ परेका छन् भने २६ जना अझै फरार छन्।

सिआइबीले पक्राउ परेका २० र फरार रहेका २६ गरी ४६ जनालाई प्रतिवादी बनाएर प्रतिवेदन बुझाएको हो।सीआईबीले पक्राउ परेकाविरुद्ध २ खर्बभन्दा बढी रूपैयाँ बिगो दाबी गरेको छ । पक्राउ परेकाहरूलाई संगठित अपराध, सुनको अवैध तस्करी लगायतमा सजाय माग गरिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवेदन माथि अध्ययन गर्दैछ र  भोलि (मंगलबार) जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ताको तयारी गरेको छ।

#Bajarkochirfar  #bazarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स