हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ, जसमा आवेदन दिन आज (असोज १४) अन्तिम दिन हो।
कम्पनीले असोज ७ गतेदेखि अवितरित हकप्रद सेयरको बिक्री खुलाएको थियो। यो लिलामीमा प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको छ, र इच्छुक लगानीकर्ताले न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि बोलकबोल गर्न सक्नेछन्।
बोलपत्र पेस गर्न इच्छुक लगानीकर्ताले नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड वा नबिल बैंकका रंगेलीरोड, भानुचोक, सूर्यविनायक, सभागृहचोक, कोहलपुर, सुर्खेत र महेन्द्रनगर शाखामा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।
यसअघि, कम्पनीले १ः१ अनुपातमा हकप्रद बिक्री खुला गरेको थियो, तर सबै कित्ता बिक्री हुन सकेको थिएन। त्यसैले, बाँकी रहेका १४ लाख ४६ हजार ३५९ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्री गरिनेछ।

















![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-150x150.jpg)

प्रतिकृया