हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद सेयर लिलामी बिक्रीका लागि खुलाएको छ। यो हकप्रद बिक्री आज (असोज ७) बाट सुरु भएको हो।
प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ, र कुनै पनि लगानीकर्ता न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका सेयर खरिदका लागि बोलकबोल पेश गर्न सक्नेछन्। बोलपत्र पेश गर्ने अन्तिम म्याद असोज १४ गतेसम्म हुनेछ।
इच्छुक लगानीकर्ताले कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड वा नबिल बैंकका विभिन्न शाखाहरूमा गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन्। यसअघि कम्पनीले १:१ अनुपातमा हकप्रद बिक्री गरेको थियो, तर त्यसका सबै कित्ता बिक्री हुन सकेका थिएनन्, जसका कारण यी अवितरित कित्ताहरू लिलामी प्रक्रियामा बिक्री गर्न लागिएको हो।
















![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-150x150.jpg)

प्रतिकृया