हराएका बस र यात्रु खोज्न ‘सोनार’ क्यामराको प्रयोग सुरु

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण १ गते
हराएका बस र यात्रु खोज्न ‘सोनार’ क्यामराको प्रयोग सुरु

पानीभित्रका वस्तुहरूको संकेत दिने उपकरण ‘सोनार क्यामरा’ प्रयोग गरेर त्रिशूलीमा शुक्रबारदेखि हराइरहेका दुई बससँगै यात्रुको खोजी सुरु गरिएको छ ।

बेपत्ताको खोजीका लागि सशस्त्रको मुख्यालयबाट इन्जिनियरसहित प्राविधिक टोली आएको हो । ‘सोनार क्यामरा’ले तीन सय मिटर गहिराइसम्मको सूचना दिने साथै क्यामराले वस्तुको आकार, आकृति नै देखाउने बताइएको छ ।

शुक्रबार बिहानीपख काठमाडौंबाट गौर आउँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगन्जबाट काठमाडौं जाँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस नारायणगढदेखि २२ किमि पूर्वोत्तर भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा बग्दै त्रिशूलीमा खसेर बेपत्ता भएको हो । बस नदीमै पुगे पनि गणपति यातायातका तीन यात्रुले पौडेर ज्यान जोगाएका थिए भने बाँकी यात्रु बससँगै बगेका थिए ।

चितवन प्रशासनले गौर आउँदै गरेको बसमा ३८ र काठमाडौं जाँदै गरेको बसमा २७ गरी ६५ यात्रु रहेको जानकारी दिएको छ । सोमबारसम्म नारायणी नदीका विभिन्न ठाउँमा भेटिएका १३ शवमध्ये सातवटा शव सिमलताल दुर्घटनामा बेपत्ताको रहेको पुष्टि भएको छ । अन्य ५५ यात्रुको अवस्था सोमबारसम्म अज्ञात छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स