स्थायित्व र विकासका लागि अघि बढिरहेका बेला एमालेलाई बदनाम गर्न खोजियो: महासचिव पोखरेल

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ७ गते
स्थायित्व र विकासका लागि अघि बढिरहेका बेला एमालेलाई बदनाम गर्न खोजियो: महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले सधैं राष्ट्रको विकास र समृद्धिका लागि काम गरेको बताएका छन्। आज जागरण सभामा उनले नेपाली कांग्रेस र एमाले मिलेर मुलुकलाई संकटबाट उठाउन प्रयास गरिरहेको बताए।

उनले सरकार राजनीतिक स्थायित्व र विकासका लागि अघि बढिरहेका बेला भ्रम र षड्यन्त्रको प्रयास भइरहेको आरोप लगाए।

महाकाली सन्धीको प्रसंगमा पोखरेलले पार्टीलाई बदनाम र विभाजित गर्ने प्रयास भएको दाबी गर्दै एमाले जनता र राष्ट्रको हृदयमा रहेको बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स