सेयर बजारमा उत्साह, तिहारको सुरुवातसँगै नेप्सेले लियो उचाई

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक १३ गते
सेयर बजारमा उत्साह, तिहारको सुरुवातसँगै नेप्सेले लियो उचाई

तिहारको सुरुवातसँगै मंगलबार नेपाली सेयर बजारमा उल्लेखनीय उत्साह देखिएको छ। नेप्से सूचक र कारोबार रकम दुबै उकालो लागेका छन्। नेप्से परिसूचक आज ४६.६९ अंकले वृद्धि भई २६९२.०५ बिन्दुमा पुगेको छ,भने कुल कारोबार रकम ६ अर्ब १२ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

आज ४ कम्पनीहरुको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। । सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जीआईसी इन्स्योरेन्स, र कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ।

यता सबै उपसमूहरूमा सकारात्मक बृद्धि देखिएको छ। निर्जीवन बिमा समूहमा सबैभन्दा बढी ३.६० प्रतिशतले बढेको छ भने, बैंकिङ समूह १.६० प्रतिशत, विकास बैंक समूह २.३२ प्रतिशत, फाइनान्स समूह ०.३८ प्रतिशत, होटल तथा पर्यटन समूह २.७७ प्रतिशत, जलविद्युत समूह २.०३ प्रतिशत, जीवन बीमा समूह १.८० प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.९७ प्रतिशत, लघुवित्त समूह १.५० प्रतिशत, म्युचुअल फण्ड समूह १.३३ प्रतिशत, निर्जीवन बीमा समूह ३.६० प्रतिशत, अन्य समूह १.५७ प्रतिशत र व्यापार समूह ०.३५ प्रतिशत बढेको छ ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स