सूचना प्रविधिमार्फत समृद्धिको ढोका खोल्न सरकार क्रियाशीलः सञ्चारमन्त्री शर्मा



Advertisement
Ads

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि (आइटी) क्षेत्रलाई नीतिगत र संरचनागत रुपमा बलियो बनाएर समृद्धिको ढोका खोल्न सरकार क्रियाशील रहेको बताएकी छन् ।


Advertisement

अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिमा महिला दिवसका अवसरमा आज मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सूचना प्रविधिलाई उच्च प्राथमिकता दिइने बताइन।


Advertisement

“आगामी आवको बजेटको मुख्य विषय (मेन थेम) कृषिलाई बनाउनुपर्छ, सूचना प्रविधि ‘फ्रन्ट लाइन’मा राखेर बजेट निर्माण गर्नुपर्छ”, बजेटका प्राथमिकता बारे प्रकाश पार्दै मन्त्री शर्माले भनिन, “आइटीलाई समृद्धिको आधार मानिएको छ, त्यहीअनुसार व्यवहार गरिएको छ आगामी बजेटमा आइटीलाई उच्च प्राथमिकता दिइनेछ ।”

सरकारले सूचना प्रविधिलाई आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा लिएको उल्लेख गर्दै मन्त्री शर्माले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकता दिइने बताइन। “हामीले यस अघि कृषि, पर्यटन र ऊर्जालाई समृद्धिको प्रमुख आधार मान्दै आएका थियौँ”, मन्त्री शर्माले भनिन, “अब सूचना प्रविधि पनि समृद्धिको आधारका रुपमा अघि आएको छ ।”

वर्तमान सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको नारा अघि सारेको जानकारी दिँदै मन्त्री शर्माले सुशासनको अभियानलाई अघि बढाउन पनि सूचना प्रविधिको विकास अत्यावश्यक भएको बताइन । “सूचना प्रविधिको प्रयोगबाट मात्रै सुशासन कायम गर्न सकिन्छ”, उनले भनिन ।

सूचना प्रविधि क्षेत्रमा महिलाको अनिवार्य सहभागिता मात्रै नभई नेतृत्वदायी भूमिका हुनुपर्छ भनेर आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नीति तथा कार्यक्रम र बजेटमा विशेष योजना अघि सारेको बताइन ।

सूचना प्रविधिको विकासमा सरकारले नीतिगत तथा संरचनागत व्यवस्था गरेको जनाउँदै उनले सूचना प्रविधि क्षेत्रबाट रोजगारी सिर्जनाका साथै सेवा निर्यात गरेर विदेशी मुद्रा पनि आर्जन भएको बताइन । “प्रत्येक वर्ष १० हजार युवा जनशक्ति सूचना प्रविधि क्षेत्रमा उत्पादन हुने गरेको छ, अनौपचारिक तथ्याङ्कअनुसार सूचना प्रविधि सम्बन्धी सेवा निर्यात बाट वार्षिक करिब रु ६६ अर्ब विदेशी मुद्रा भित्रिएको छ”, मन्त्री शर्माले भनिन ।

सूचना प्रविधिका क्षेत्रमा आइपर्ने चुनौती समाधान गर्न सरकारले हालै मात्र साइबर सुरक्षा केन्द्र स्थापना गरेको जानकारी दिँदै यस सम्बन्धी केही कानुन निर्माण भइ कार्यान्वयनमा आएको र केही तर्जुमाका क्रममा रहेको बताइन । मन्त्री शर्माले भनिन, “सूचना प्रविधिको विकासका निम्ति नीतिगत र संरचनागत व्यवस्थामा सरकारको ध्यान गएको छ, यस बीचमा केही ऐन कानुन र पूर्वाधार निर्माण भएका छन् ।”

#bajarkochirfar

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर