सुपर मादी हाइड्रोपावरको लाभांश वितरणको घोषणा, साधारण सभा कात्तिक ५ गते

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन ९ गते
सुपर मादी हाइड्रोपावरको लाभांश वितरणको घोषणा, साधारण सभा कात्तिक ५ गते

सुपर मादी हाइड्रोपावर लिमिटेडले ५ दशमलव २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिले असोज ८ गते बसेको बैठकमा यो प्रस्ताव गर्दै कात्तिक ५ गते १५औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो।

कम्पनीले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट हालको चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँको आधारमा ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। यस वर्ष, कम्पनीले १० करोड ५० लाख रुपैयाँ बराबरको बोनस शेयर र ५५ लाख २६ हजार ३१६ रुपैयाँ नगद लाभांश वितरण गर्ने योजना बनाएको छ।

लाभांश प्रस्तावसँगै, साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरू पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयमा निर्णय गर्नेछ।

कम्पनीले ताप्लेजुङ जिल्लामा २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजनामा लगानी गर्न हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि साधारण सभामा प्रस्तुत गर्नेछ। हकप्रद सेयर निष्कासनको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १८ गतेदेखि कात्तिक ५ गतेसम्म बुक क्लोज गर्ने तयारी गरेको छ। बुक क्लोजको आधारमा, असोज १७ गते सार्वजनिक विदा परेको कारण असोज १६ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स