नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य रूपमा वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ३०० रुपैयाँले बढेर तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ पुगेको छ।
यता, चाँदीको मूल्यमा भने गिरावट आएको छ। मंगलबार तोलामा २ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँले घटेर २ हजार १५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।


प्रतिकृया