सुनको मूल्य १ लाख ५० हजार तल झर्यो, तोलाको कतिमा हुँदैछ किनबेच ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ११ गते
सुनको मूल्य १ लाख ५० हजार तल झर्यो, तोलाको कतिमा हुँदैछ किनबेच ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। छापावाला सुनको मूल्य प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेर अहिले १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घटेर १ हजार ८२० रुपैयाँमा कायम भएको छ।

सरकारले सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झारेपछि मूल्य समायोजन गरिएको हो। यो निर्णय भारतबाट सुन तस्करी रोक्नका लागि गरिएको बताइएको छ।

यसअघि, बजेटमार्फत भन्सार दर १५ प्रतिशतबाट २० प्रतिशतमा वृद्धि गरिएको थियो। तर भारतमा पूर्ण बजेट आउने क्रममा भन्सार दर घटेपछि नेपालमा सुन महँगो र भारतमा सस्तो भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स