चितवनको भरतपुर–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिराले बगाएर बेपत्ता भएकामध्ये अहिलेसम्म १४ जनाको शव भेटिएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार अहिलेसम्म भेटिएका मध्ये ७ जनाको सनाखत भएको र ७ जनाको सनाखत हुन बाँकी रहेको छ ।
भेटिएका मध्ये हालसम्म नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा १० जना, चितवनमा तीन र नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) मा एउटा शव भेटिएको प्रहरीले जनाएको छ ।
पहिचान खुलेका सबै शव चितवनको भरतपुर अस्पताल पठाइएको र बाँकी शवको पहिचान खुलेपछि भरतपुर पठाइने प्रहरीले जनाएको छ ।
सिमलताल पहिरोमा परेर हराएको वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एन्जल डिलक्सको बसमा कम्तिमा २७ जना र काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको गणपति डिलक्समा कम्तीमा ३८ यात्रु रहेको चितवन प्रशासनले जनाएको छ । बसमा सवार यात्रुमध्ये तीनजना त्रिशूली नदीमा पौडी खेलेर बाँच्न सफल भएका थिए ।
जिल्ला प्रशासनले अहिले पनि खोजी कार्य जारी रहेको दुवै बस फेला पर्न नसकेको जनाएको छ भने खोजी कार्यमा सहयोग गर्न सबैलाई अपिल समेत गरेको छ ।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया