सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले नेपाल रि इन्स्योरेन्सको प्रोमोटर सेयर बिक्रि गरेको छ। नेपाल स्टक एक्सचेन्जमा ‘SPIL’ सिम्बोलले सुचिकृत भएको कम्पनीले रि इन्स्योरेन्सको २२ लाख ६० हजार ८ सय ८० कित्ता सेयर प्रतिकित्ता २८१ रुपैयाँका दरले हिमालयन लाईफ इन्स्योरेन्सलाई बिक्रि गरेको हो। साविकको सिद्धार्थ इन्स्योरेन्स र प्रिमिएर इन्स्योरेन्स मर्ज भई बनेको सिद्दार्थ प्रिमियरसँग नेपाल रि इन्स्योरेन्सको ४१ लाख ४६ हजार कित्ता प्रोमोटर सेयर होडिङ्गमा थियो। सो मध्येको आधा आधी सेयर कम्पनीले बिक्रि गरेको हो। पछिल्लो समय अधिकांश कम्पनीहरुले आफूसँग रहेको रि इन्स्योरेन्सको प्रोमोटर सेयर बिक्रि गरिरहेका छन् ।
सिद्धार्थको नाफा बढ्ने :
कम्पनीले रु. २८१ प्रति कित्ताको दरमा बिक्रि गरेको सेयरको लागत रु. १०० मात्रै हो। १०० रुपैयाँमा खरिद गरिएको सेयर करिब २ गुणा बढीको मूल्यमा बेच्दा कम्पनीले ४० करोड रुपैयाँको हाराहारीमा क्यापिटल गेन गर्ने देखिन्छ। यसले कम्पनीको नाफा बढाउनेछ। कम्पनीसँग बाँकी रहेको करिब १९ लाख कित्ता सेयर पनि बिक्रि गर्ने योजनामा कम्पनी रहेको र त्यसका लागि समेत खरिदकर्ताहरु खोजिरहेको जानकारी कम्पनीले दिएको छ।


















प्रतिकृया