सानिमा जीआईसी इन्स्योरेन्सको लिलामी सेयर किन्ने आज अन्तिम दिन

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक ५ गते
सानिमा जीआईसी इन्स्योरेन्सको लिलामी सेयर किन्ने आज अन्तिम दिन

सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको ११ लाख ३ हजार ४०५ कित्ता लिलामी सेयर खरिदका लागि आवेदन दिने म्याद आज (असोज ५) सकिँदैछ। कम्पनीले असोज २३ गतेदेखि यो सेयर लिलामीमा राखेको हो।

इच्छुक खरिदकर्ताहरूले आजसम्म कम्पनीको रजिस्टर्ड कार्यालय, टंगाल काठमाडौंमा गोप्य शिलबन्दी आवेदन पेस गर्नुपर्नेछ। प्रतिकित्ता न्यूनतम मूल्य २५० रुपियाँ तोकिएको छ, र यो सेयर संस्थापक सेयरधनीहरूका साथै अन्य व्यक्ति वा संघसंस्थाहरूले बोलकबोल प्रक्रियाबाट खरिद गर्न सक्नेछन्। कम्पनीले सबैभन्दा बढी मूल्य कबोल गर्नेलाई सेयर बिक्री गरिने जनाएको छ।

सेयर खरिद गर्न न्यूनतम ७ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स