साउनदेखि ड्राइभिङ लाइसेन्सको काम राष्ट्रिय परिचयपत्रले नै गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ ३० गते
साउनदेखि ड्राइभिङ लाइसेन्सको काम राष्ट्रिय परिचयपत्रले नै गर्ने
AdvertisementAds

पछिल्लो समय सरकारले नागरिकले राज्यबाट सेवासुविधा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र (नेसनल आईडी) को प्रयोग अनिवार्य गर्दै जाने रणनीति अघि सारेको थियो । राष्ट्रिय परिचयपत्रको एउटै कार्डमा उल्लिखित नम्बरका आधारमा नागरिकले पाउने सेवासुविधा मात्र होइन, व्यक्तिको आर्थिक र व्यापारिक कारोबारको सबै विवरण क्यूआर कोडमा स्क्यान गरेर हेर्न सकिने प्रणाली अगाडि बढेको छ ।

आगामी साउनदेखि राष्ट्रिय परिचयपत्रले समेत ड्राइभिङ लाइसेन्सको काम गर्ने भएको छ । यस बाहेक आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता र पेन्सनको नवीकरण बायोमेट्रिक भेरिफिकेसनमार्फत गर्ने प्रणाली पनि लागू हुँदैछ ।

ड्राइभिङ लाइसेन्सको विवरणलाई राष्ट्रिय परिचयपत्रमा समावेश गरी कार्यान्वयनमा ल्याउने गरी यातायात व्यवस्था विभागले काम गरिरहेको छ । त्यसै अनुसार , आगामी साउन महिनादेखि ट्राफिक प्रहरीले परिचयपत्रमा हुने क्युआर कोडमार्फत लाइसेन्स चेकजाँच गर्नेछन् ।

#BajarkoChirfar #bazarkochirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स