सांसद सापकोटा भन्छन्, “प्राधिकरणका संचालकलाई हटाएर सरकार निरंकुश बन्न खोज्यो”

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण २१ गते
सांसद सापकोटा भन्छन्, “प्राधिकरणका संचालकलाई हटाएर सरकार निरंकुश बन्न खोज्यो”

नेकपा माओवादी केन्द्रले सरकार निरकुंश बन्न खोजेको आशंका व्यक्त गरेको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद माधव सापकोटाले विद्युत प्राधिकरणका  संचालक समितिका दुई सदस्यलाई हटाएको प्रति असन्तुष्टि व्यक्त गर्दै सरकार निरंकुश बन्न खोजेको आशंका व्यक्त गरेका छन् ।

सांसद सापकोटाले विद्युत प्राधिकरणको महसुल विवादमा यस अघि सरकारले नै गरेका अध्ययन र  रिपोर्टको कार्यान्यवन गर्नुपर्नेमा जोड दिदै अहिलेका सार्वजनिक लेखा समितिका सभापतिले विवादित व्यक्तिहरुलाई भेटिरहेको उल्लेख गरेका छन् ।

उनले लेखा समितिको सभापति प्रतिपक्ष दललाई दिनुपर्ने माग गर्दै अहिलेको लेखा समितिको सभापतिले होटलमा विवादित व्यक्तिलाई भेट गरेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स