साँझ प्रधानमन्त्री दाहाललाई गठबंधन नटुट्ने विश्वास दिलाएर निस्केका थिए ओली

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार १८ गते
साँझ प्रधानमन्त्री दाहाललाई गठबंधन नटुट्ने विश्वास दिलाएर निस्केका थिए ओली

सोमबार मध्यरातमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने सहमति गरेपछि प्रधानमन्त्री प्रचण्ड पार्टीका नेताहरुसँग आन्तरिक छलफल जुटेका छन्। हिजो साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहाललाई अहिलेको गठबंधन नटुट्ने विश्वास दिलाएर निस्केका थिए।

प्रधानमन्त्री दाहालले पार्टीका नेताहरुसँगको छलफलमा आफूले केपी शर्मा ओलीलाई यही गठबन्धनबाट प्रधानमन्त्री बन्न प्रस्ताव अस्वीकार गरेको ब्रिफ गरेका छन्। साँझसम्म एमाले अध्यक्ष ओलीले यही गठबंधनलाई निरन्तरता दिने आश्वासन दिएको बैठकमा सहभागी एक नेताले बताए।

नेपाली कांग्रेससँग नयाँ सरकार गठनका लागि सहमति गरेसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरिरहेका छन् ।

#bajarkochirfar #bazarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स