सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका छबिलाल जोशीलाई काठमाडौं ल्याइयो

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ५ गते
सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका छबिलाल जोशीलाई काठमाडौं ल्याइयो
AdvertisementAds

सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्व डीआइजी एवम् गोर्खा मिडियाका पूर्वसञ्चालक छबिलाल जोशीलाई काठमाडौं ल्याइएको छ। काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनलाई मंगलबार बेलुका फ्लाइटबाट काठमाडौं ल्याइएको हो। पोखराको सूर्यदर्शन सहकारी बचत अपचलन प्रकरणमा गत असोज ६ मा जोशीलाई पक्राउ गरिएको थियो।

यसका अलावा, जोशी रूपन्देहीको सुप्रिम सहकारीमा पनि संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि रूपन्देही लगिएका थिए। काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको प्रकरणमा पनि अनुसन्धान सुरु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स