SHAREHUBSHAREHUB

सरकारी कर्मचारीले काममा भन्दा सेयरमा ध्यान दिएपछि सरकारले लगायो टिएमएसमा प्रतिबन्ध

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र २५ गते
AdvertisementAds
सरकारी कर्मचारीले काममा भन्दा सेयरमा ध्यान दिएपछि सरकारले लगायो टिएमएसमा प्रतिबन्ध
AdvertisementAds

सरकारी कार्यालयमा बसेर निजी रुपमा शेयर कारोबार गर्ने प्रणाली (टीएमएस) मा प्रतिबन्ध लगाइएको छ। कर्मचारीहरुले सेवाग्राहीको काम छाडेर शेयर कारोबारमा लागेको पाइएपछि सरकारले यस्तो निर्णय गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी दिदै भनेका छन्:

“सरकारी कार्यालयमा बसेर शेयरबजारमा निजी कारोबार गर्नु कानुनी दृष्टिले पनि अमान्य छ। यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव पारेको छ र सेवाग्राहीको काम प्रभावित भएको गुनासो आइरहेको छ। यही जनगुनासोलाई सम्बोधन गर्दै अब सरकारले देशभरका सबै सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली (टीएमएस) मा  प्रतिबन्ध लगाएको छ। सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको छ। सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न अनुरोध गर्दछु।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स