सबैलाई सत्ता चाहिएको छ, देशमा शिक्षाको स्थिति नाजुक छः प्रथम राष्ट्रपति यादव

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र ६ गते
सबैलाई सत्ता चाहिएको छ, देशमा शिक्षाको स्थिति नाजुक छः प्रथम राष्ट्रपति यादव

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले देशमा शिक्षाको अवस्था विकराल रहेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले देशका अधिकांश सामुदायिक विद्यालयमा मुख्य शिक्षकहरु नपाइने समस्या विद्यमान रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले एसईईमा ५२ प्रतिशत विद्यार्थी अनुत्तिर्ण हुनु यसकै नतिजा रहेको बताए ।

उनले नेपाली समाजलाई कहाँ लगिँदै छ भन्नेकुरा शिक्षाको स्तर हेरेर नै थाहा हुने बताए । उनले शिक्षा विधेयक अहिले संसदमा रहेको भन्दै यसमा आवश्यक विचार विमर्श गर्न आग्रह गरे । उनले सरकारको नेतृत्व तहबाट काम हुन नसक्दा संविधानमाथि दोष दिइएको बताए । सबै राजनीतिक दलहरु सत्ताका लागि मरिहत्ते गरिरहेको बताए ।

उनले भने  ‘अहिले शिक्षा विधेयक हाउसमा छ । राम्रोसँग सोच्नुस्, राम्रोसँग विचार गर्नुस् । कम्तिमा सामुदायिक विद्यालयहरुमा ८० प्रतिशत विद्यालयमा शिक्षक छैनन् । ५२ प्रतिशत विद्यार्थी इसईईमा फेल भए भनिरहेका छन् । मुख्य मुख्य शिक्षकहरु नै छैनन् । राहत वा सामुदायिक स्तरमै राखेर जेनतन अध्ययन गराइएको छ । यसले नेपाली समाजलाई कहाँ लगिएको छ भन्ने देखाउँछ । संविधानको दोष छैन । संविधान गणतन्त्र, लोकतन्त्र, समावेशी छ, संघीयतासहित छ । सारा कुरा छ । तर त्यो लागू कसरी गर्ने देखिरहेको छ । पार्टीलाई सत्तामा नगइकन नहुने । यहीँ भारतमा अहिले राहुलले पक्रिएको छ लाइन, अर्को पटक आउँछ हेर्नुहोला । बेलायतमा त्यस्तै छ । काँग्रेसलाई के परेको हो ।’

प्रथम राष्ट्रपति यादवले सबै मिलेर कोलाहल मच्चाउने काम भइरहेको बताए । उनले देशमा ८० प्रतिशत खाद्यान्न बाहिरबाट आउने गरेको भन्दै यस्तै प्रकारले देशमा समाजवाद नआउने बताए ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स