सञ्चारमन्त्री गुरुङ भन्छन्, “मन्त्री बन्न कुनै योग्यता चाहिन्न नेताले मन पराए अवसर मिल्छ”

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ५ गते
सञ्चारमन्त्री गुरुङ भन्छन्, “मन्त्री बन्न कुनै योग्यता चाहिन्न नेताले मन पराए अवसर मिल्छ”

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री बन्ने योग्यता र अनुभवको आवश्यकताबारे खुलासा गरेका छन्।

उनले भने, “चुनाव जितेर आएपछि पार्टी र नेताले मन पराएपछि मन्त्री बन्ने अवसर मिल्छ।” बुधवार काठमाडौँमा विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण समारोहमा सम्बोधन गर्दै उनले भने, “मन्त्री बन्ने लागि कुनै विशेष अनुभव र योग्यता आवश्यक छैन।

उदाहरणका लागि, खेलकुद मन्त्रालयको जिम्मा नबुझ्ने व्यक्तिहरू पनि मन्त्री भइरहेका छन्। म पनि सञ्चार मन्त्रालयको गहिरो ज्ञान नभए तापनि जनताका लागि काम गर्दैछु।” उनले लोकरिझ्याइँको राजनीति गलत भएको पनि बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स