SHAREHUBSHAREHUB

शान्ति, सहअस्तित्व, सहिष्णुता बनाउने अभियानमा लाग्न राष्ट्रपतिको आग्रह

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ १० गते
AdvertisementAds
शान्ति, सहअस्तित्व, सहिष्णुता बनाउने अभियानमा लाग्न राष्ट्रपतिको आग्रह
AdvertisementAds

राष्ट्रपति रामचन्द्र पौडेलले विश्वमा शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान सुदृढ गर्ने अभियानमा लाग्न आह्वान गरेका छन् ।

राष्ट्रपति पौडेलले शान्तिका अग्रदूत गौतम बुद्धको २५६८ औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै हरेक व्यक्ति, समाज र विश्व समुदायलाई उक्त अभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका हुन् ।

बौद्ध दर्शनका प्रवर्तक एवं राष्ट्रका गौरव गौतम बुद्धको जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका बौद्ध धर्मावलम्बी, शान्ति र अहिंसा प्रेमी सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु सबै नेपालीका लागि गौरवको विषय भएको बताएका छन् ।

“शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास मैले लिएको छु”, राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन्  ।
#bajarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स