शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई ८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ।
बैंकले यसअघि आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ११.०५ प्रतिशत लाभांश वितरण गरेको थियो।











![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)





प्रतिकृया