ङादी ग्रुप पावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासनका लागि बुक क्लोजको मिति तोकेको छ । मंसिर ९ गते कम्पनीलाई नेपाल धितोपत्र बोर्डले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो ।
बोर्डको अनुमति पाएसँगै कम्पनीले मंसिर १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । जस अनुसार मंसिर १७ गतेसम्म कायम सेयरधनीहरूले मात्र कम्पनीको हकप्रद सेयर खरीद गर्न सक्नेछन् । कम्पनीले हकप्रद सेयर निष्कासनको मिति भने तोकेको छैन ।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँ बराबरको १ करोड ८५ लाख १२ हजार ७९३ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।हकप्रद सेयर विक्रीबाट प्राप्त रकम आयोजनाको मर्मतसम्भार , ऋण तिर्न साथै नयाँ आयोजनामा लगानी गर्ने कम्पनीले जानकारी दिएको छ ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँ कायम छ । शतप्रतिशत हकप्रद सेयर निष्कासनपछि कम्पनीको पूँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ कायम हुनेछ । हकप्रद सेयर निष्कासनका लागि विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड छ ।




















प्रतिकृया