विप्लव भन्छन्, “प्रधानमन्त्रीलाई काम होइन सरकार ढल्दैन भन्दै भाषण गर्नुपर्ने बाध्यता छ”

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ९ गते
विप्लव भन्छन्, “प्रधानमन्त्रीलाई काम होइन सरकार ढल्दैन भन्दै भाषण गर्नुपर्ने बाध्यता छ”

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम गर्नुभन्दा बढी सरकार ढल्दैन भनेर भाषण गर्नुपर्ने बाध्यता रहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा विप्लवले प्रधानमन्त्री ओलीको काम भनेकै जम्माजम्मी सरकार ढल्दैन भन्दै हिँड्ने रहेको बताएका हुन्।

‘प्रचण्ड कमरेडलाई पनि प्रधानमन्त्री हुँदा दिनदिनै सरकार ढल्दैन है भन्दै भाषण गर्नुपर्ने बाध्यता थियो। आजकाल केपीजी हुनुभएको छ। केपीजीको पनि कामै के छ भने जम्माजम्मी यो सरकार ढल्दैन भन्नेमात्रै हो,’ विप्लवले भने।

हरेक वर्ष सरकार फेरिँदा जनतामा चर्को असन्तुष्टी रहेको महासचिव विप्लवले बताए। ‘हरेक वर्ष सरकार फेरिने । यो सरकार पनि के हुन्छ भन्ने कुरा निश्चित छैन भन्ने कुरा सुनिरहन्छौं। सरकारले कहिले काम गर्ने हो?,’ उनले भने।

महासचिव विप्लवले आफ्नो पार्टीलाई दमन गर्ने नीति लिए त्यसको कडा ढंगले प्रतिवाद गर्ने चेतावनी समेत दिए।

(न्युज एजेन्सी नेपालबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स