नेपाल विद्युत प्राधिकरणका चार्जिङ स्टेसनले एकैदिन २८ हजार ९ सय २२ युनिट बिजुली खपत गरेर नयाँ रेकर्ड कायम गरेको छ । यस अघि फागुन ७ गते प्रजातन्त्र दिवसको दिन २२ हजार २२० युनिट खपत भएर रेकर्ड कायम भएको थियो । सो समयमा एकैदिन १ हजार ७ सय ४७ वटा सवारीसाधन चार्ज भएर १ लाख ९४ हजार ९४० रुपैयाँ आम्दानी भएको थियो ।
नयाँ रेकर्ड अनुसार प्राधिकरणका देशभरका ५१ वटा चार्जिङ स्टेसनबाट एकैदिन २ हजार ५ सय ४४ वटा सवारीसाधन चार्ज भएका हुन् । प्राधिकरणले २ लाख ५० हजार ९ रुपैयाँ आम्दानी गरेको छ । बिजुलीको बिल ३ लाख ८ हजार ३ सय ४१ रुपैयाँ र सर्भिस शुल्क ४१ हजार ६ सय ६८ रुपैयाँ उठेको छ ।
#BajarkoChirfar #bazarkochirfar


















प्रतिकृया